६० किलो सुन तस्करी प्रकरण : माओवादी नेतृ अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस

  • मिसन संवाददाता
  • बुधबार, माघ २४, २०८० १५:४५
६० किलो सुन तस्करी प्रकरण : माओवादी नेतृ अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस

६० किलो सुन तस्करीकी आरोपी अमला रोकाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ‘इन्टरपोल’ले डिफ्युजन नोटिस जारी गरेको छ ।

रोल्पा घर भएकी माओवादी केन्द्रकी नेतृ अमलाविरुद्ध डिफ्युजन नोटिस जारी भएको सीआईबीले जनाएको छ । प्रवक्ता (प्रहरी उपरीक्षक) नवराज अधिकारीले उनीविरुद्ध इन्टरपोलले ५ फेब्रूअरीमा डिफ्युजन नोटिस जारी गरेको बताए ।

अमला तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । अमला ठमेलस्थित ‘होटेल भियना’ को सञ्चालिका हुन् । उनी माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुन् ।

हङकङबाट काठमाडौं ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा रोका संलग्न देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

पतिकै कारण उनी सुन तस्करीमा जोडिएको प्रहरीको निष्कर्ष छ । उनका पति दावा भने अहिले थुनामा छन् ।

  • मिसन संवाददाता
  • बुधबार, माघ २४, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट