जिबी राईका पार्टनर पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० 0९:१0
जिबी राईका पार्टनर पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा

पूर्व डीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

जोशीको घरमा सञ्चालित नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरेको छ । नेचर हब इन्टरनेश्नलको अफिसमा लुकाएर राखेको अवस्थामा पोखरास्थित सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरेको सर्भर बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनायो।

पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र पूर्व डीआईजी जोशी व्यापारिक साझेदार हुन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गितेन्द्रबावु (जीबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

पूर्वडीआईजी जोशीले पनि रकम लिएको खुलासा भएको हो । उनी ग्यालेक्सी टीभीका उपाध्यक्ष थिए । उनैले चलाएको नेचर हर्ब र नेचर नेक्स्ट नामक नेटवर्किङ कम्पनीमा समेत सहकारीको रकम अवैध रूपमा लगानी गरेको प्रतिवेदनमा छ।

जब यो नेटवर्किङ व्यावसाय अवैधानिक भन्ने विवरण सतहमा आए अनि ग्यालेक्सी टीभीको बोर्ड उपाध्यक्षबाट जोशीलाई हटाएको बताइएको थियो। तर, असलमा नाम मात्र हटाए पनि सञ्चालक मध्यका उनी एक रहेको स्रोतले जनाएको छ ।

  • मिसन संवाददाता
  • -