काठमाडौँमा चिनियाँ नयाँ वर्षको भब्य स्वागत

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० 0९:२५
काठमाडौँमा चिनियाँ नयाँ वर्षको भब्य स्वागत

चिनियाँ परम्परागत नयाँ वर्ष र बसन्त चाडको उपलक्ष्यमा काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालिएको छ । साँझ ५ बजे चिनियाँ दीप (रातो लाल्टिन) प्रज्वलनको उद्घाटन पर्यटन मन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले गर्नुभएको छ ।

त्यसैगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ३५ सय बर्षदेखि मनाउन थालिएको बसन्त चाडको इतिहास र दुई मुलुकबीचको घनिष्ठ मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्नुभयो ।

आगामी शनिबारदेखि शुरु हुने चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । शुक्रबारदेखि राजधानीका विभिन्न स्थानमा ड्रागन,सिंह र किरिन नृत्य प्रस्तुत गरिँदै छ । शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म ठमेलमा,शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म दरबारमार्गस्थित महेन्द्रको शालिकमा र आगामी बुधबार हाँडीगाउँ गहनापोखरीमा नृत्य देखाइने तालिका छ ।

  • मिसन संवाददाता
  • -