नेपाल र क्यानडा आज भिड्दै

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० 0९:२९
नेपाल र क्यानडा आज भिड्दै

नेपालले बिहीबार घरेलु मैदानमा क्यानडासँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । शृङ्खलामा सहभागी हुन क्यानडाको टोली नेपाल आइसकेको छ ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिँदैछ । शृङ्खलाको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेलिने छ । नेपालले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि क्यानडासँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा कमजोर टिम भने होइन । क्यानडा अन्तर्राष्ट्रिय क्रिकेटमा गौरवशाली इतिहास बोकेको टोली हो । क्यानडाले हालसम्म चारपटक आईसीसी एकदिवसीय विश्वकप खेलिसकेको छ ।

  • मिसन संवाददाता
  • -