क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० १0:५२
क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन्। एकदिवसीय क्रिकेटमा भुर्तेलको यो सातौं अर्धशतक हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि भुर्तेलले ४४ बलमा अर्धशतक पूरा गरेका हुन्। जस क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे।

एकदिवसीय क्रिकेटमा ४७ म्याच खेलेका कुशलले १ हजार रन पूरा गरिसकेका छन्। उनले एउटा शतक पनि प्रहार गरेका छन्।

नेपालका अर्का ओपनर आसिफ शेख भने २४ बलमा ८ रन बनाएर आउट भए। कप्तान रोहित पौडेल १७ बलमा ८ रन बनाएर आउट भए।

  • मिसन संवाददाता
  • -