पढाउन छाडेर हेडसरलाई हाईसन्चो : एमालेको चुनावमा भ्याईनभ्याई !

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० ११:५४
पढाउन छाडेर हेडसरलाई हाईसन्चो : एमालेको चुनावमा भ्याईनभ्याई !

नेकपा (एमाले) दोलखाको दशौँ जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मतगणना सुरु भएको छ । हिओ बेलुका सम्पन्न निर्वाचनको मतगणना आज सुरु भएको हो ।

हिजो अबेर साझ सम्पन्न मतदानमा कुल ६१६ मत खसेको छ भने केहि प्रतिनिधि अनुपस्थित भएका छन् । अध्यक्षमा नरबहादुर श्रेष्ठ, भरत दुलाल र इश्वरचन्द्र पोखरेल प्रतिष्पर्धी छन् । श्रेष्ठ र पोखरेल प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा होमिएका छन् । अबको केहि घण्टामा मतपरिणाम आउने बताईन्छ ।

मतगणना सुरु भएपछि निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत शंकरलाल श्रेष्ठलाई भ्याईनभ्याई भएको देख्न सकिन्छ । शंकरलाल श्रेष्ठ सरकारी जागिरे हुन् ।

उनी भिमेश्वर नगरपालिकामा रहेको कुटीडाँडा माविका प्रधानाध्यापक हुन् । भिमेश्वर नगरपालिका कै उपमेयर कमला बस्नेत पनि यो निर्वाचनमा उपसचिवको उम्मेदवार भएपछि श्रेष्ठलाई पनि हाईसन्चो छ ।

एमालेको अधिवेशन सुरु भएपछि हेडसर पनि पढाउन छाडेर सुर्य अंकित झण्डामुनि बसेर मत गन्दै छन् । सरकारी दानापानी खाने शिक्षकहरुले निर्लज्ज आफूलाई वडा, पालिका, जिल्ला, प्रदेश तथा संघमा प्रतिनिधि/पदाधिकारीको लागि अभियानकै रुपमा नेता/कार्यकर्ताकै हैसियतले मतमाग्ने, प्रचारप्रसार गर्ने, महाधिवेशन केन्द्रित गतिविधिमा संलग्न हुने परिघटनाले पनि दलीय राजनीतिमा शिक्षकहरुको अस्वभाविक संलग्नता देखिन्छ।

शिक्षकलाई यसैगरी खुलेआम दलीय राजनीतिमा लाग्न दिने हो भने नेपालको शैक्षिक गुणस्तर थप कमजोर हुने पक्का छ। शैक्षिक गुणस्तर सुधारमा दलीय शिक्षक होइन, पेसाकर्मी शिक्षक चाहिन्छ भन्ने वास्तविकतालाई हामीले विशेष ध्यान दिन आवश्यक छ।

  • मिसन संवाददाता
  • -