जिबी राईलाई रवि लामिछानेले लुकाएको माओवादी सांसदको आरोप

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० १२:४८
जिबी राईलाई रवि लामिछानेले लुकाएको माओवादी सांसदको आरोप

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यमान दोङले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुकाएको आरोप लगाएका छन् ।

आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जिबी र रविबीच दैनिक संवाद भइरहेको र रविकै संरक्षणमा राखिएको बताएका हुन् ।

‘जिबी राईसँग अहिले पनि डे टू डे भट्घाट छ उहाँको । अहिले जिबी राईलाई लुकाएकै रविले हो । रविजीले पटक–पटक जिबी राईसँग छलफल गरिराखेका छन्, संवाद गरिराखेका छन्,’– उनले भने ।

  • मिसन संवाददाता
  • -