टीकापुरको ३० बिघा जग्गा घोटालाको फाईल खुल्यो : २ सयभन्दा बढी प्रतिवादी

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० १२:५९
टीकापुरको ३० बिघा जग्गा घोटालाको फाईल खुल्यो : २ सयभन्दा बढी प्रतिवादी

टीकापुरको जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ।

बिहीबार बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो। टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सयभन्दा धेरैजनालाई प्रतिवादी बनाउने निर्णय भएको छ।

टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो। Photo : Himalaya TV

  • मिसन संवाददाता
  • -