राष्ट्रियसभाको अध्यक्ष को बनाउने ? बालुवाटारमा छलफल जारी

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० १३:२६
राष्ट्रियसभाको अध्यक्ष को बनाउने ? बालुवाटारमा छलफल जारी

सत्तारुढ गठबन्धन दलका नेताहरुको बैठक बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता गठबन्धनको बैठक बसेको हो।

बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन्।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो। नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ। यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ।

  • मिसन संवाददाता
  • -