‘सन्दीप चाहियो’ भन्दै नारा भट्याउने ७ फ्यान मैदानबाट घोक्रेठ्याक

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० १३:४८
‘सन्दीप चाहियो’ भन्दै नारा भट्याउने ७ फ्यान मैदानबाट घोक्रेठ्याक

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडा र नेपालबीच खेल चलिरहँदा समर्थकले सन्दीप लामिछानेको पक्षमा नारा लगाएका छन् ।

क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४० औं ओभर चलिरहँदा उपस्थित समर्थकले ‘सन्दीप चाहियो’ भन्दै नारा लगाएका थिए।

समर्थकले चर्को नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा केहिबेर प्रहरी र समर्थकबीच घम्साघम्सी भएको थियो । प्रहरीले नारा लगाउने ७ समर्थकलाई मैदानबाट बाहिर निकालेको छ ।

  • मिसन संवाददाता
  • -