सुनतस्करी छानबिन समितिले लियो पूर्वसभामुख महराको बयान

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० १४:३२
सुनतस्करी छानबिन समितिले लियो पूर्वसभामुख महराको बयान

विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको सुनका चिनियाँ तस्करसँग सम्पर्क देखिएको सन्दर्भमा पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बयान दिएका छन् ।

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वको समितिले बयानको लागि उनलाई बोलाएको थियो ।

विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि कारागारमा छन् ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र ठूलो मात्रामा सुन लुकाएर ल्याएका थिए ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ २५, २०८० १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट