बाँसबारीको जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

  • मिसन संवाददाता
  • शुक्रबार, माघ २६, २०८० 0८:0९
बाँसबारीको जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहीबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।

टोखा नगरपालिका वडा नं ६ का वडाध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा प्रहरीले व्यवसायी अरुण चधरी तथा बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह तथा व्यवसायी सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो । तर, जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका थिए ।

यद्यपि यो प्रकरणमा अनुसन्धान भने जारी रहेको सीआईबीले जनाएको छ ।

  • मिसन संवाददाता
  • -