विमानस्थलका ३ प्रहरी : निलम्बन हैन सरुवा !

  • मिसन संवाददाता
  • शुक्रबार, माघ २६, २०८० १२:२१
विमानस्थलका ३ प्रहरी : निलम्बन हैन सरुवा !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ । उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् । माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन र विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानसँग विवाद हुँदा प्रहरीहरूले उनलाई कुटपिट गरेका हुन् । प्रहरी अधिकृतहरू छायालालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रञ्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।

सहसचिव थानेश्वर गौतम नेतृत्वको विवाद छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । अधिकृतलाई चेकजाँच बिना भित्र जानबाट रोक्ने जवान रवि रञ्जन गुप्तालाई विभागीय कारबाही र डिएसपी रेवती रमण पोखरेललाई सचेत गराउन समितिले सिफारिस गरेको छ । समितिको सिफारिस अनुसार कारबाही प्रक्रिया अघि बढाउन उनीहरूलाई रानीपाखेरीमा काज गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए।

समितिले अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई पनि जिम्मेवारीबाट हटाएर विभागीय कारबाही मात्रै सिफारिस गरेको छ ।

  • मिसन संवाददाता
  • -