२ करोड डिलमा मुछिएका न्यायाधिशलाई सफाई !

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १३, २०८० २0:२५
२ करोड डिलमा मुछिएका न्यायाधिशलाई सफाई !

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर हाल जेल जीवन बिताइरहेका सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपैयाँ डिल गरेपछि विवादमा मुछिएका न्यायाधीश राजकुमार कोइरालाको जागिर जोगिएको छ।

न्यायपरिषद्को आइतबार बसेको बैठक अन्य दुईजना विवादित न्यायाधीशहरू नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको छ। तर २ करोड घूसको अडिओ सार्वजनिक भएर छानबिननमा तानिएका न्यायाधीश कोइरालालाई परिषद्ले सचेत गराउँदै निगरानीमा राख्ने निर्णय गरेको छ।

इच्छाराजको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड डिल गरेको अडिओ २०७९ असोजमा बाहिरिएको थियो।

पोखरेलसँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि न्यायाधीश कोइरालाले तत्कालीन अवस्थामा स्पष्टीकरण दिँदै आफ्नो बचाउ गरेका थिए। कोइरालाले त्यस फोनवार्ताको न्याय परिषद्‍बाट छानबिन माग गरेका थिए।

अन्य दुईजना न्यायाधीश जागिरबाट बर्खास्तीमा पर्दा कोइरालालाई भने न्यायपरिषद्ले निगरानीमा राख्दै सचेत गराउने निर्णय लिएको हो।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १३, २०८० २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्