नेपालबाट कस्तुरीको बिना चोरी–सिकारीमा संलग्न कोरियन गिरोहका एक सदस्यलाई जरिवानामै उन्मुक्ति दिएको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । १५ वर्ष कैद सजाय हुने कोरियन नागरिक जंग जुन जुनलाई काठमाडौं जिल्ला अदालतले पाँच लाख मात्र जरिवाना हुने फैसला गरेको थियो । यो फैसला न्यायाधीश विनोद खतिवडाले सुनाएका हुन् ।
कार्यसम्पादन र न्याय निरूपणमा न्यायिक विचलन देखिएको भन्दै विश्वनीति प्रकाशमानसिंह पाख्रिनले गत १० फागुनमा उजुरी दर्ता गराएका हुन् ।
जिल्ला न्यायाधीश खतिवडाको इजलासले गत २१ असोजमा उनलाई दोषी ठहर गरी २६ असोजमा सजाय सुनाउँदै पाँच लाख रुपैयाँ मात्र जरिवानाको फैसला गरेको थियो । डिभिजन वन कार्यालय, काठमाडौंले १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरेको थियो ।