युवाको काँधमा दोलखा माओवादी : इन्चार्ज खड्का, संयोजक श्रेष्ठ र सचिवमा केसी

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २१, २०८० १८:१७
युवाको काँधमा दोलखा माओवादी : इन्चार्ज खड्का, संयोजक श्रेष्ठ र सचिवमा केसी

नेकपा (माओवादी केन्द्र) दोलखाको नेतृत्व परिवर्तन भएको छ । जिल्ला सदरमुकाम चरिकोटमा बसेको जिल्ला पार्टी दोलखाको बैठकबाट नेतृत्व परिवर्तन गरिएको पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिशाल खड्काले बताए ।

जिल्ला कमिटीले पार्टी जिल्ला संयोजकमा कमल श्रेष्ठ ‘ज्योति’ र सचिवमा सन्तोष केसी ‘चे’ लाई जिम्मेवारी दिएपछि कुलबहादुर बुढाथोकी ‘रोशन’ संयोजकबाट बिदा भएका छन् । शैलुङ्गका श्रेष्ठ यसअघि पार्टी सचिवका रुपमा कार्यरत थिए भने सचिवको जिम्मेवारी पाएका केसी तामाकोशी गाउँपालिकाका हुन् । श्रेष्ठ र केसी दुवै पार्टीको बागमती प्रदेश समिति सदस्य हुन् ।

नयाँ ढंगको पार्टी निर्माण गर्न र युवा पुस्तालाई राजनीतिमा आकर्षण गर्न दोलखा माओवादीले युवाहरुलाई नेतृत्व ल्याएको इन्चार्ज खड्काले बताए । यो संगै नेकपा (माओवादी केन्द्र) दोलखाको इन्चार्ज, संयोजक र सचिव तिनै जना युवा आएका छन् । गत प्रतिनिधिसभा निर्वाचनदेखि खड्का दोलखा जिल्ला इन्चार्जको रुपमा कार्यरत छन् ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २१, २०८० १८:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट