जनसुरक्षित बचत तथा ऋण सहकारीले चैत्र २४ गते बृहत रक्तदान कार्यक्रम गर्दै

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २३, २०८० 0८:४७
जनसुरक्षित बचत तथा ऋण सहकारीले चैत्र २४ गते बृहत रक्तदान कार्यक्रम गर्दै

जनसुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हेतुले रक्तदानको आयोजना गरेको संस्थाले जानकारी दिएको छ ।

‘रक्तदान जीवनदान’ भन्ने नारा लिएर नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित संस्थाको कार्यालयसंगै रक्तदान आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । संस्थाका अध्यक्ष ऋषिराज दाहालका अनुसार कार्यक्रम चैत्र २४ गते दिनभर चल्ने छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २३, २०८० 0८:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट