एसपीको फुलीमा हप्ता असुलीको दाग : आरोपको छानबिन गर्ने टोलि बन्यो

  • मिसन संवाददाता
  • शनिबार, चैत्र २४, २०८० 0७:१५
एसपीको फुलीमा हप्ता असुलीको दाग : आरोपको छानबिन गर्ने टोलि बन्यो

नेपाल प्रहरीका १६ जना एसपीहरुको काज सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् । तराईका ६ वटा जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ ।

त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता बोलाइएको छ । नुवाकोटमा शान्तिराज कोइरालालाई सरुवा गरिएको छ । बोहरा लगायतका प्रहरीमाथि प्रदेश कार्यालयले छानबिन सुरु गरेको छ । एसपी बोहराले घुमुवा खटाएर तस्करी लगायतको सेटिङ चलाएको आरोप लागेपछि छानबिन सुरु भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो। एसपी बोहरा केही तस्करसँग मिलेको र क्यासिनोबाट हप्ता असुली गर्दै आएको आरोप लागेको छ ।

उनको तस्करीको संजालबारे समाचार लेखेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बोहोराले धम्की दिएका छन् । प्रहरी प्रमुख बोहोराले सद्भाव दैनिक र सेतोखरी अनलाईमा समाचार रोक्न धम्की दिएको भन्दै पत्रकारसँग सम्बन्धित संघसंगठनले आपत्ति जनाएका छन् ।

नेपाल प्रेस युनियन बाँके, प्रेस चौतारी बाँके, प्रेस सेन्टर बाँके र प्रगतिशील पत्रकार संघ बाँकेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक बोहोरामाथि कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष भण्डारीका अनुसार तस्कर लगाएत बाँके जिल्लाभरीको विभिन्न क्षेत्रको रकम उठाउने एसपी बोहराको ‘कोर टिम’को आर्थिक मुख्य योजनाकार हुन् ‘बरीष्ठ सई माधव रिजाल’ । रकम उठाउनेका कमाण्डर भने बरीष्ठ सई सुशील रावल हुन् । त्यसपछि हवल्दार निरक विक र जवान दीपक बोहरा हुन् । सुशील, निरक र दीपक मिलेर तस्करबाट उठाएको रकम बरीष्ठ सई माधव मार्फत एसपी बोहरा समक्ष पुग्छ । बरीष्ठ सई माधवले तस्करबाट मात्र नभइ अन्य क्षेत्रबाट संकलन भएको रकम पनि बाँडफाँड गर्दै एसपी बोहरा समक्ष पु¥याउँछन् ।

  • मिसन संवाददाता
  • शनिबार, चैत्र २४, २०८० 0७:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट