काठमाडौ, सरकारका गलत कार्यहरुका विरुद्धमा
नेकपा माओवादी केन्द्रद्वारा खबरदारी एवं सचेत गराउनका लागि विशाल जनसहभागितासहितको र्याली आयोजना गरेको छ।सभामा अध्यक्ष प्रचण्ड लगायत नेताहरुले सम्बोधन गरेका छन।
प्रचण्डले अगाडि भने, ‘हामी अलिअलि बिग्रिन थालेका थियौं, जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’
आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको प्रचण्डले बताएका छन।