काठमाण्डौ – परराष्ट्रसचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन् । संसदीय सुनुवाइ समितिको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले परराष्ट्रसचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समिति बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।कार्ययोजनामा उनले युरोपेली मुलुक र नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।