प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख २५, २०८२ २१:३४
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएका छन्।भाजपा नेता कोश्यारीले ‘प्रचण्ड’लाई खुमलटार पुगेर भेटेका हुन्।

गत साता भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर ‘प्रचण्ड’सहित प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगातत अधिकांश राजनीतिक दलका नेताहरुलाई बेग्लाबेग्लै भेटेका थिए।चौथाइवालेको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कालबाजी भइरहेको बताएका छन।

 

  • मिसन संवाददाता
  • -