राष्ट्रपतिमा सहयोग गर्न माधव नेपाललाई ओलीको औपचारिक पत्र (पत्रसहित)

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १६:५९
राष्ट्रपतिमा सहयोग गर्न माधव नेपाललाई ओलीको औपचारिक पत्र (पत्रसहित)

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ।

एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई औपचारिक पत्र पठाएका हुन्।

राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ। पुस १० गतेको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन।

केही समय अघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएका एमालेले अध्यक्ष नेपाललाई औपचारिक पत्र पठाएको छ।

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट