दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १८:00
दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात

दोलखा । दोलखाको पर्यटकीयस्थल कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा आइतबार दिउँसो देखिनै हिउँ परिरहेको हो । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण होटल व्यवसायी तथा किसान हर्षित भएका छन्। यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात सुरु भएको हो।

काठमाडौंबाट १ सय ३३ किलोमिटरको यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १४, २०७९ १८:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट