जलेर वृद्धको मृत्यु

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ 0९:३३
जलेर वृद्धको मृत्यु

लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ । गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । जस्तापाताको छाप्रोमा बस्दै आउनुभएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट छाप्रो नजिकै रहेको सात भेँडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गर्नुभयो ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ 0९:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्