आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवान्युगिनीले नेपाललाई जितका लागि एक सय ८० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो । पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लिन डोरिगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११÷११ रन बनाए । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई÷ दुई विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एक÷एक विकेट झारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । ¬––– रे । मदन मुना कार्की ‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक काठमाडौँ, १९ फागुन ९रासस०ः ‘प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याउने २४ महिलाका जीवनी पुस्तकमा छ । मोतिदेवी स्मृति केन्द्रले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्नुभएको हो । उहाँले साधना, सङ्कल्प र तपस्याबाट देशका लागि योगदान दिएका महिलाका बारेमा जीवनी तयार हुनु र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा योगदान पु¥याउनुभएकी कृष्णा ताम्राकार, सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रमा वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा र राजनीतिमा सुशीला श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै राजनीति र सामाजिक परिवर्तनमा निलम केसी तथा राजनीति र सामाजिक गौरा प्रसाईं, चित्रकलामा निलम ताम्राकार र खेलकुदमा सुनमाया बुढालाई अध्यक्ष ओलीले सम्मान गर्नुभयो । सम्मानित व्यक्तित्व ताम्राकारले आफूले रेडियो नेपालमा काम गर्दा नेपाली भाषालाई शुद्ध गरी उच्चारण गरेर भाषाको सम्मान गरेको स्मरण गराउनुभयो ।