कैलालीमा स्कुल बसले ठक्कर दिंदा वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन २०, २०७९ ११:0४
कैलालीमा स्कुल बसले ठक्कर दिंदा वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलाली । कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

  • मिसन संवाददाता
  • -