डढेलो नियन्त्रण गर्न पूर्वाभ्यास

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १४:३८
डढेलो नियन्त्रण गर्न पूर्वाभ्यास

यहाँ वनमा लाग्ने डढेलो नियन्त्रणका लागि पूर्वाभ्यास गरिएको छ । डिभिजन वन कार्यालयले जिल्लाको भीमसेन थापा गाउँपालिका–१ स्थित मण्डली सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि पूर्वाभ्यास गरेको कार्यालयका सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो । गर्मी बढेसँगै डढेलोको उच्च जोखिम रहने भएकाले डढेलोका कारण वनजङ्गल विनाश हुनबाट जोगाउन सचेतना फैलाउने उद्देश्यसहित पूर्वाभ्यास गरिएको उहाँले बताउनुभयो । वनमा डढेलो नियन्त्रण गर्न अग्निरेखा सफा गर्ने, पातपतिङ्गर जम्मा गर्नेलगायतका पूर्वाभ्यास गरिएको नेपालीको भनाइ छ । “वनमा आगो कसरी लाग्न सक्छ र कसरी नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेबारेमा सामुदायिक वनका उपभोक्तालाई जानकारी गराउनसके धेरै हदसम्म डढेलो नियन्त्रण गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “डढेलो लागेमा पनि कसरी सुरक्षित ढङ्गबाट नियन्त्रण गर्न सकिन्छ भनेर बुझाउनका लागि देखाइएको हो ।” गोरखामा कूल तीन हजार छ सय १४ दशमलव ७० वर्गकिलोमिटर वन क्षेत्र रहेको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट