कपनमा ‘मायादेवी गौतम स्मृति सदन’ स्थापित

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १३:३१
कपनमा ‘मायादेवी गौतम स्मृति सदन’ स्थापित

समाजसेवी मायादेवी गौतमका स्मृतिमा ‘मायादेवी गौतम स्मृति सदन’ स्थापना गरिएको छ । मोरङ, विराटनगर महानगरपालिका–३ हिमाली टोल स्थायी घर भई जीवनको उत्तराद्र्धमा काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–११ शान्ति टोल, कपनमा बसोबास गर्नुभएका गौतम शैक्षिक, सामाजिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं नागरिक सेवामा सक्रिय हुनुहुन्थ्यो । गौतमका पति, छोराछोरी एवं परिवारजनको पहलकदमीमा संस्था दर्ता ऐन, २०३४ अनुसार स्थापित सदनका नाममा हाल रु १० लाखको अक्षय कोष खोलिएको छ । संस्थाले धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रमा अध्ययन, अनुसन्धान, शिक्षण, प्रशिक्षण दिने, शैक्षिक संस्था स्थापना गर्ने तथा गरिब, विपन्न, जेहेन्दार, फरक क्षमता भएका छात्रछात्रा आदिलाई छात्रवृत्ति दिने, ज्येष्ठ नागरिक, असहाय महिला, बालबालिकाको आधारभूत अधिकारका लागि काम गर्ने तथा तिनलाई आत्मनिर्भर बनाउन सीपमूलक र जनचेतनामूलक प्रशिक्षण र अन्य विविध सामाजिक एवं मानवोत्थानमूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ । गत वर्ष दिवङ्गत गौतमका प्रेरणामूलक काम पछिल्लो पुस्ताबाट पनि अनुसरण गराउन तथा उहाँका विचार तथा योगदानलाई पछिसम्म स्मरण गर्न र निरन्तरता दिन संस्था स्थापना गरिएको गौतमकी बुहारी आशा पोखरेलले जानकारी दिनुभयो । कपनस्थित शान्ति टोलमा मुख्य कार्यालय रहेको सदनमा साधारण, संस्थापक, आजीवन र मानार्थ सदस्य रहने व्यवस्था छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट