अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १६:१४
अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले नेपालको अर्थतन्त्र जटिल अवस्थामा नरहेको स्पष्ट पार्नुभएको छ । सिन्धुलीमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्र जटिल समस्या नभए पनि सुधारका लागि निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो । निर्यातको तुलनामा आयात अत्यधिक बढी हुँदा अर्थतन्त्र जोगाइराख्न नसकिने उहाँको भनाइ छ । “अर्थतन्त्रमा देखिएको अन्तर्राष्ट्रिय असर नेपालमा पनि परेको छ, हामीले उत्पादन वृद्धि गर्दै अनावश्यक खर्च कटौती गर्न नसकिएन अवस्था जटि हुनेछ”, उहाँले भन्नुभयो । उत्पादन वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताउँदै स्वाधिन राष्ट्रियताको सवालमा अघि बढ्न उत्पादन वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले मुलकको कृषि उत्पादन वृद्धिपछि उद्योग स्थानपना गरी रोगजारी सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रमा अनुदान बढाइ उत्पादन वृद्धिमा जोड दिनुपर्ने भनाइ राख्नुभयो । बागमती प्रदेशले फजुल खर्च रोक्न चालु पुँजीमा २० प्रतिशत खर्च कटौती गरेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकार यतिबेला पुँजीगत खर्च बढाउन लागेको बताउनुभयो । “वर्तमान सरकार गठन हुँदा १० प्रतिशत भएको पुँजीगत खर्च अहिले २५ प्रतिशतसम्म पुगेको छ”, उहाँले भन्नुभयो, “पुँजीगत खर्च वृद्धि गर्ने, विकासलाई व्यवस्थित गर्ने समृद्ध विकास कसरी गर्न सकिन्छ भनेर ध्यान दिइरहेको छु ।” उहाँले आगामी आर्थिक वर्षमा बजेट वृद्धि गर्नेतर्फ संकेत गर्दै चालु आवको रू ७२ अर्बबाट रू ८० अर्ब बजेट पु¥याउनुपर्ने बताउनुभयो । प्रदेशका १३ वटै जिल्लाको सन्तुलित विकासमा ध्यान दिएर बजेट ल्याउने उहाँको भनाइ छ । उहाँले आगामी आवको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारमा जोड दिइने बताउनुभयो ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्