उदयपुर । उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
महेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ ।