बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १९, २०७९ 0९:४८
बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाँै जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

  • मिसन संवाददाता
  • -