राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २२, २०७९ १७:0६
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्कनुभएको छ । उहाँ पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको उल्लेख छ । राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिनुभएको जनाइएको छ । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

  • मिसन संवाददाता
  • -