हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स

खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १२:0३
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ । आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि आगलागी भइरहेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ । “आगलागीको कारण खोज्दैछौँ, जङ्गलको आगो बस्तीतर्फ आउनसक्ने बारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ”, थिङले भन्नुभयो । गत हप्ता तेमाल गाउँपालिकाको ८ र ९ वडास्थित मेच्छे जङ्गलमा लागेको आगो स्थानीय र सुरक्षाकर्मीद्वारा तीन दिनमा नियन्त्रणमा ल्याइएको थियो । उक्त आगलागीबाट निजी वनमा रोपिएको करिब दुई हजार कटहरका बिरुवासमेत नष्ट भएको स्थानीय सुकुमान तामाङले बताउनुभयो । गत चैतमा पनि गाउँपालिकाको केही जङ्गलमा आगलागी भएपछि गाउँपालिकाले सुक्खायाममा आगलागीजन्य सामाग्रीको अत्यावश्यकबाहेक अन्य कामकाजमा प्रयोग नगर्न, आगलागी हुन नदिन तथा त्यसबाट बच्न सचेतनामूलक अपिल गरेको थियो । त्यसबेला आगलागीबाट सबैभन्दा बढी वडा नं ५ स्थित जङ्गलमा रुख, बिरुवा क्षति भएको गाउँपालिकाले जनाएको छ । सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा केही दिनमा आगो नियन्त्रणमा ल्याइएको थियो । लामो समयको खडेरीपछि निरन्तर हावाहुरी तथा तापक्रम बढिरहेको अवस्थामा सामुदायिक वन तथा निजी क्षेत्रमा आगलागी हुनसक्ने भएकाले उक्त गाउँपालिकाले सेचत रहन आग्रह गरेको हो । यसअघि गत माघ तेस्रो साता धुलिखेल नगरपालिका–९ ठूलीचौरस्थित धोबीखोला सामुदायिक वनमा आगलागी भएपछि सदरमुकामस्थित कालीजङ्ग गणको टोलीले दिनभरको प्रयासपछि नियन्त्रणमा लियो । आगलागीबाट ठूलीचौरमा रहेका विभिन्न जातका रुख बिरुवा नष्ट भएका थिए । जङ्गलसँगै जोडिएको बस्तीमा क्षति पुग्न सक्ने भएकाले नेपाली सेनाको टोलीले जङ्गलमा लागिरहेको आगो नियन्त्रणमा लिने अथक प्रयास गरेको थियो । अघिल्लो चैतमा नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर रहँदा निकै तनावको अवस्था सिर्जना गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीका घटना हुनसक्ने जनाउँदै पूर्वतयारीसँगै स्थानीय सरकारसँग विपद् व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ । उसले आगो लागिसकेपछि पूर्ण नष्ट नभएसम्म नियन्त्रणमा लिन कठिन हुने भएपछि सबैमा सचेत रहन अपिल गर्दै आएको छ । डिभिजन वन कार्यालय धुलिखेलले जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोट बिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गली जन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको घटनाक्रमले देखाएको छ । सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाको विभिन्न स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानिनोक्सानी र कानुनी व्यवस्थाको बारेमा माइकिङसमेत गर्दै आएको जनाएको छ । –––
  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १२:0३
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता
संसदमा अर्धनग्न भएर विरोध
संसदमा अर्धनग्न भएर विरोध
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने
गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी
गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी
देउवासंग धेरै सिट माग्न कोइराला पक्षको बैठक जारी
देउवासंग धेरै सिट माग्न कोइराला पक्षको बैठक जारी
एमालेसँग हात मिलाउँदा गठबन्धनमा चिसो पस्यो
एमालेसँग हात मिलाउँदा गठबन्धनमा चिसो पस्यो
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
लार्केलबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण पुगेर समापन : लेखनाथ
लार्केलबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण पुगेर समापन : लेखनाथ
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: