हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा

तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै

  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० ११:३९
तनहुँ–१ उपनिर्वाचनः  दुई उम्मेदवारले मात्रै मतदान गर्दै
तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्नेभएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नुहुनेछ । अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउनुहुने छैन । मतगणनाका लागि पनि गणनास्थलमा सिसीक्यामेरा जडान, तारबार गरिएको सहायक मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । “सबैलाई सहज हुने गरी मतगणनास्थलसमेत व्यवस्थित बनाएका छौँ”, उहाँले भन्नुभयो, “मतदान अधिकृतलाई मतपत्र र मतपेटिकालाई सुरक्षित बनाउन पनि आग्रह गरेका छौँ ।” त्यस्तै विगतको निर्वाचनमा भन्दा म्यादी प्रहरी नहुने भएकाले सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि एक हजार तीन सय ६८ कर्मचारी खटाइएको प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार तीमध्ये सात सय ६० निर्वाचन कार्यालयबाट नियुक्ति लिएका छन् भने छ सय आठ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गरेका हुन् । निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताउनुभयो । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको छ उहाँले भन्नुभयो । त्यस्तै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी चार सय ५० र नेपाली सेना पाँच सय गरी करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहनेछन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् । निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।
  • मिसन संवाददाता
  • आइतवार, बैशाख १०, २०८० ११:३९
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

मिथिलामा तीन दिन होली
मिथिलामा तीन दिन होली
ढुवानी व्यवसायीको समस्या समाधान गर्न ध्यानाकर्षण
ढुवानी व्यवसायीको समस्या समाधान गर्न ध्यानाकर्षण
बीमा रकम भुक्तानीका लागि ज्ञापनपत्र
बीमा रकम भुक्तानीका लागि ज्ञापनपत्र
मधेस, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
मधेस, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
सहिद स्मृति विद्यालय जिरीमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण
सहिद स्मृति विद्यालय जिरीमा फाउन्डेसनद्वारा १ लाखको पुस्तक हस्तान्तरण
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै
छ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: