नेपाल र यूएईबीच भोलि हुने खेल निशुल्क हेर्न पाइने

  • मिसन संवाददाता
  • सोमवार, बैशाख १८, २०८० २0:0६
नेपाल र यूएईबीच भोलि हुने खेल निशुल्क हेर्न पाइने

काठमाडौं । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच  भोलि हुने खेल निशुल्क हेर्ने पाइने भएकाे छ ।

साे खेल आज वर्षाका कारण स्थगित भएको थियाे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको हाे ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

उक्त  खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ  । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ ।

आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिने र  ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनेछन् । आज पानी परेपछि खेल रोकिएको थियो ।

  • मिसन संवाददाता
  • -