काठमाडौं । पूर्व मन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् ।
उनलाई आजै काठमाडौँ लैजाने तयारी भएको बुझिएको छ । रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन्
रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बावु छोरालाई पक्राउ गरेको हो ।