भारतसँग हार्‍यो नेपाल, फाइनल प्रवेशमा काजाकस्तानसँग खेल्ने

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० १७:४६
भारतसँग हार्‍यो  नेपाल, फाइनल प्रवेशमा काजाकस्तानसँग खेल्ने

 

काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।

दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको हाे ।

नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुने छ ।

सुरुवाती दुई सेट क्रमसः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो ।

 

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ १०, २०८० १७:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट