प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरीका लागि समय १० दिन

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० ११:२0
प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध उजुरीका लागि समय १० दिन

काठमाडौं । संवैधानिक परिषद्ले  प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन १० दिनकाे समय दिएकाे छ ।

मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध उजुरी आह्वान गर्ने १० दिनकाे समय सार्वजनिक गरेकाे हाे ।

कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना नेपाल टिभी र गोरखापत्रमा  प्रकाशन हुनेछ। उनी विरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ।

कार्की लामो समयदेखि कामु प्रधानन्यायाधीश हुन्।सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो। यो बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्