काठमाडौं । सर्लाहीबाट अवैध १८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन् ।
बागमती प्रदेश–०१–०२६ च ०२९९ नम्बरको कारमा लुकाइ लैजाँदै गरेको १८ लाख रकमसहित चारजनालाई पक्रेको हाे ।
पक्राउ पर्नेहरुमा कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ बासामाडीका ४० वर्षीय हेमराज विश्वकर्मा, कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–४ घर भई हाल काठमाडौ काडाघारी बस्ने ३१ वर्षका मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ बस्ने ३१ वर्षका दीपक तामाङ र खोटाङको रावावेशी गाउँपालिका–४ बस्ने ४४ वर्षका विमल तामाङ रहेका छन् ।
उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।