नेपाललाई बुझाइसक्यौं, पाकिस्तानले बुझ्न सक्दैन : भारतीय विदेशमन्त्री एस जयशंकर

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ २५, २०८० १८:२७
नेपाललाई बुझाइसक्यौं, पाकिस्तानले बुझ्न सक्दैन : भारतीय विदेशमन्त्री एस जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले देशको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्शा राजनीतिक विषय नभएको बताएका छन् ।

छिमेकी देश नेपालले भारतको वर्णन बुझिसकेको र  पाकिस्तानले बुझ्ने हैसियत नराखेेकाे टिप्पणी गरेका छन् ।

नेपाल र बंगलादेशमा अखण्ड भारतको नक्शाप्रति भइरहेको विरोधका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले  टिप्पणी गरेका हुन् ।

नेपाल र पाकिस्तानका लागि एउटै वर्णन हो ? भन्ने पत्रकारको थप प्रश्नमा  ‘मलाई लाग्दैन कि यो राजनीतिक मुद्दा हो । मित्र राष्ट्रहरुले बुझिसके । पाकिस्तानले यसलाई बुझ्ने चासाे नराखेको उनले बताए  ।’

त्यस्तै ‘हाम्रा मित्रवत छिमेकीहरुले यसलाई बुझ्नेछन् । मलाई भनिएको छ कि हाम्रो वर्णनलाई उनीहरुले सह्राना गरे । पाकिस्तानको कुरा बिर्सिदिउँ । पाकिस्तानले बुझ्ने मेरो अपेक्षा छैन र पाकिस्तानमा पनि कुनै आशा छैन ।’ भन्ने जवाफ विदेशमन्त्री एस जयशंकरले बताएका हुन् ।

  • मिसन संवाददाता
  • -