एमालेसँग हात मिलाउँदा गठबन्धनमा चिसो पस्यो

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० 0८:५९
एमालेसँग हात मिलाउँदा गठबन्धनमा चिसो पस्यो

राष्ट्रिय सभा सदस्यमा भागबन्डा दिने गरी दाहाल र देउवाले ल्याएको प्रस्तावलाई गठबन्धनकै दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले स्वीकार गरेका छैनन् । सत्ता घटक ४ दलको बिहीबार बिहान बसेको बैठकमा एमालेबाट ६ सिटको प्रस्ताव आएको जानकारी प्रधानमन्त्री दाहालले गराउनासाथ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विरोध गरेका थिए ।

दाहाल र देउवाले एकीकृत समाजवादी र जसपालाई मनाएर बेलुका एमालेसमेतको बैठक तय गरेका थिए । तर, एकीकृत समाजवादी र जसपा नमान्दा बेलुका बैठक बस्न सकेन । गठबन्धनकै भविष्यलाई लिएर संशय राख्दै आएका नेपाललाई कसरी मनाउने भन्ने विषयमा दाहाल र देउवाबीच बेलुका बालुवाटारमा लामो छलफल चलेको थियो ।

दुई जनाबीचको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार टीआरसी विधेयकमा सहयोग गर्ने र सत्ता गठबन्धनमा प्रतिकूल प्रभाव नपार्ने सर्त मानेर आउन चाहेमा राष्ट्रिय सभा सदस्यको भागबन्डामा एमालेलाई समावेश गरिनेछ । गठबन्धनको भविष्यलाई लिएर सत्ता सहयात्री दलबीच उठेको संशयलाई मेट्न पनि यस्तो सर्त अघि सारिएको नेताहरूको भनाइ छ । ‘एमालेलाई सहभागी गराउने कुरामा गठबन्धनका चार दलबीच सहमति बन्नुपर्छ । गठबन्धनलाई प्रतिकूल प्रभाव पार्ने गरी एमालेलाई सहभागी गराउन सकिन्न ।

  • मिसन संवाददाता
  • -