निर्दोष युवाको ज्यान गयो : छानबिन समितिलाई सुविधाको खात ?

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १२:३८
निर्दोष युवाको ज्यान गयो : छानबिन समितिलाई सुविधाको खात ?

बालकुमारी घटनामा छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरुका लागि सरकारले सुविधा तोकेको छ । आयोगका अध्यक्षलाई राज्यमन्त्रीसरह र सदस्यलाई सचिवसरहको सेवा सुविधा दिइएको स्रोतले बतायो ।

आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल रहेका छन् । त्यस्तै सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अरुणकुमार बिसी र गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराई छन् ।

आयोगका अध्यक्ष पौडेलले आफूले पाउने पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापतको रकम पाउने स्रोतको भनाई छ। आयोगका सदस्यलाई राजपत्रांकित विशिष्ट श्रेणी सरहको पारिश्रमिक एवम उक्त पारिश्रमिकको ५० प्रतिशत भत्ता र सवारी चालक, इन्धन र सवारी साधनबापत मासिक ७० हजार रूपैयाँ नै उपलब्ध गराइनेछ ।

  • मिसन संवाददाता
  • -