१० करोड झ्वाम परेको भ्रष्टाचार प्रकरणको अन्तिम फैसला आउँदै !

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० १२:१८
१० करोड झ्वाम परेको भ्रष्टाचार प्रकरणको अन्तिम फैसला आउँदै !

मधेस प्रदेशका तत्कालीन सचिव यामप्रसाद भुसाल जोडिएको १० करोडभन्दा बढीको भ्रष्टाचार प्रकरणको अन्तिम फैसला विशेष अदालतले सुनाउने तयारी गरेको छ।

मधेस प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा भएको १० करोड ३३ लाख भ्रष्टाचार प्रकरणको अन्तिम सुनुवाइ विशेष अदालतमा भइरहेको छ। विशेष अदालतका न्यायाधीशहरु नारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा विगत तीनदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ।

माघ ८ गतेखि कुँवर, राई र श्रेष्ठको इजलासा यो मुद्दाको सुनुवाइ भइरहेको छ। तीन दिनदेखि हेर्दा हेर्दैमा राखेर सुनुवाइ भएको उक्त मुद्दाको फैसला सम्भवत आज बुधबारसम्म आउन सक्ने विशेष अदालतले जनाएको छ। तत्कालीन प्रदेश सचिव भुसाल, सीडीई, सहलेखापाल, ओमसत्य साइ प्रालि वीरगञ्ज पर्साका प्रबन्ध निर्देशक रेनु अग्रवाल सहित ६ जना र उक्त संस्थामाथि गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको भन्दै २०७९ साउन १८ गते विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको गरेको थियो।

उक्त कार्यक्रममा अनियमितता भएको, कम्पनी नखुलाई साइकल किनेर ३ महिनादेखि गोदाममा राखिएको भन्दै उजुरीमाथि अनुसन्धान हुँदा नेपाल सरकार तथा प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवं हानि-नोक्सानी गरेको पुष्टि हुन आएको अख्तियारले उल्लेख गरेको थियो।

अख्तियारले तत्कालीन प्रदेश सचिव भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन जनकपुरका तत्कालीन सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल तथा ओम सत्यसाई प्रालि वीरगन्ज पर्सा र त्यसका प्रबन्ध निर्देशक रेनु अग्रवाल प्रत्येकसँग १० करोड ३३ लाख ७५८ बिगो मागदाबी गरिएको थियो।

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट