प्रचण्डले ज्ञानेन्द्रको बारेमा बोलेपछि माधव असन्तुष्ट

  • मिसन संवाददाता
  • बिहिबार, माघ १८, २०८० १२:१५
प्रचण्डले ज्ञानेन्द्रको बारेमा बोलेपछि माधव असन्तुष्ट

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डबारे विचार नपुर्याइ बोलेको टिप्पणी गरेका छन् । आज (बिहिबार) समाजवादी पत्रकार संघ धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त विषयमा प्रचण्डले कसैसँग पनि सल्लाह नगरी बोलेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गत माघ १५ गते बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका थिए ।

वीरगञ्जमा आयोजित एक सभामा पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका बारेमा बोलेपछि उक्त विषयमा फेरि बहस सुरु भएको छ । आफ्ना दाजुको वंशनाशपछि राजगद्धीमा बसेका र देशमा राजसंस्थाको अस्तित्व समाप्त भएपछि नारायणहिटीबाट नागार्जुन पुगेका पूर्वराजा यतिका समय मौन रहेर २२ वर्षपछि दरबार हत्याकाण्डका बारेमा सार्वजनिक सभामा बोलेका थिए ।

  • मिसन संवाददाता
  • -