इन्डियन आईडलबाट नेपाल फर्किईन हल्दीवारीकी मेनुका पौडेल

  • मिसन संवाददाता
  • सोमवार, माघ २२, २०८० १४:३४
इन्डियन आईडलबाट नेपाल फर्किईन हल्दीवारीकी मेनुका पौडेल

गायन रियालिटी शो इन्डियन आईडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल आइपुगेकी छन्। आइतबारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै उनी सोमबार आफ्नो गृहनगर झापा आएकी हुन्।

गायिका पौडेललाई आज झापामा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। उनलाई प्रदेशसभा सदस्य छवि चुडालले स्वागत गरे।

रियालिटी शोमार्फत् नेपाली जातिलाई विश्वसामु चिनाएको भन्दै बिर्तामोडमा रहेको सप्तक संगीत विद्यालयले आज उनलाई अभिनन्दन एवम् सम्मान गर्न लागेकाे हाे।

पाैडेल विसं २०५५ सालमा झापाको हल्दीवारी- ४ मा जन्मेकी थिइन्। उनले २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।

  • मिसन संवाददाता
  • -