पूर्वराजा विरुद्ध बोल्दा रविका ससुरालाई आपत

  • मिसन संवाददाता
  • सोमवार, माघ २२, २०८० १५:११
पूर्वराजा विरुद्ध बोल्दा रविका ससुरालाई आपत

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका उपाध्यक्ष उद्धव पौडेलविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् ।

अनुशासन समितिका प्रमुख नवराज सुवेदीलाई सम्बोधन गरेर उनले बुझाएको पत्रमा पार्टीको सिद्धान्त विपरीत पौडेलले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको उल्लेख छ ।

पौडेलले पार्टी विधानको प्रस्तावनामा नै आघात पुग्ने गरी एक अन्तरवार्तामा बोलेको र त्यसले राप्रपाको आस्था र विश्वासमाथि नै आघात पुगेको उजुरीमा उल्लेख छ । हालै भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका पौडेल रास्वपाका सभापति रवि लामिछानेका ससुरा हुन् ।

  • मिसन संवाददाता
  • -