नक्सालमा के भएपछि डिआईजीको मुड फेरियो : राजिनामाको सट्टा बिदा स्वीकृत

  • मिसन संवाददाता
  • सोमवार, माघ २२, २०८० १७:0९
नक्सालमा के भएपछि डिआईजीको मुड फेरियो : राजिनामाको सट्टा बिदा स्वीकृत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्। विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए ।

व्यक्तिगत कारणले भन्दै चन्दले शनिबार राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो।

चन्दले राजीनामा दिएपछि प्रहरी महानिरीक्षक कुँवरले उनलाई छलफलका लागि बोलाएका थिए। चन्द गत वैशाख १३ गते यता विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ ।

मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकलो फिर्ता गरिदिएको एक उच्च प्रहरी अधिकृतले बताए । गएको शनिबार उनले राजीनामा दिएको विषय सार्वजनिक भएको थियो ।

‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।

छलफलमा सहभागी एक अधिकृतका अनुसार, २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए । डीआईजी चन्द कुँवरकै ब्याचमेट हुन् ।

लामो छलफलपछि मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएका थिए । त्यसपछि उनलाई महानिरीक्षक कुँवरले बरु केही दिन बिदा बस्न भनेको स्रोतले बतायो ।

  • मिसन संवाददाता
  • -