दोलखा एमालेमा गुटिय लडाई : मुख्य पदमा पोखरेल गुटबाट ‘घटुवा’ उम्मेदवार !

  • मिसन संवाददाता
  • बुधबार, माघ २४, २०८० 0८:३६
दोलखा एमालेमा गुटिय लडाई : मुख्य पदमा पोखरेल गुटबाट ‘घटुवा’ उम्मेदवार !

नेकपा एमाले दोलखाको नयाँ नेतृत्वका लागि प्यानल बनाएर उम्मेदवारी दर्ता भएको छ । जिल्ला क्रियाशिल दुई गुटले छुट्टाछुट्टै समुह बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । वर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ र पूर्व अध्यक्ष इस्वरचन्द्र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले प्यानलसहित मनोनयन दर्ता गराएका हुन् । श्रेष्ठको समुहवाट उपाध्यक्षमा राजेन्द्र मानन्धर र सचिवमा स्वयंवहादुर खड्काको उम्मेदवारी परेको छ । यस्तै, उपसचिवमा इस्वर न्यौपाने र कमला बस्नेतको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका इस्वरचन्द्र पोखरेलको समुहवाट उपाध्यक्षमा हिरा थोकर र सचिवमा कृष्णवहादुर बस्नेतको उम्मेदवारी परेको छ । सो समुहवाट उपसचिवमा मेनुका सुवेदी र हरि ओलीले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदमा नेता भरत दुलालले पनि उम्मेदवारी दिएका छन् । उनले समुह नबनाई उम्मेदवारी दर्ता गरेका हुन् । दुलालले आफ्नो कुनै गुट नभएको र साझा उम्मेदवारकोरुपमा मनोनयन दर्ता गराएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिने दुलाल एमाले दोलखाका पूर्वसचिव हुन् ।

नेकपा एमालेको विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ र दशौँ राष्ट्रिय महाधिवेशन २०७८ बाट भएको संसोधन) ले जिल्ला कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिव रहनेगरि ५ जनाको पदाधिकारी रहने प्रावधान गरेको छ । गत संघिय निर्वाचनमा प्रत्यक्ष तर्फ ३६५०५ मत र समानुपातिक तर्फ ३०९८६ मत ल्याएको एमालेमा जिल्ला पदाधिकारी बन्न तिब्र दौडधुप छ ।

अध्यक्ष र सचिवमा उम्मेदवारी दिएका ५ जना मध्ये ४ जना पुर्व गाउँपालिका अध्यक्ष हुन् । अध्यक्षका उम्मेदवारहरु नर श्रेष्ठ (मेलुङ्ग), भरत दुलाल (शैलुङ्ग), इश्वर पोखरेल (तामाकोशी) पुर्व जनप्रतिनिधि हुन् । सचिवका उम्मेदवार सोयम बहादुर खड्का गौरीशंकर गाउँपालिकाका पुर्व अध्यक्ष हुन् भने सचिवका उम्मेदवार कृष्णबहादुर बस्नेत पेशा गरेर बसेका व्यक्ति हुन् ।

रोचक पक्ष त के छ भने आनन्द पोखरेलको समूहबाट अध्यक्ष र सचिवमा उम्मेदवार बनेका दुई उम्मेदवारहरु घटुवा भएका उम्मेदवार हुन् । इश्वरचन्द्र पोखरेल बागमती प्रदेशको उपाध्यक्ष हारेर जिल्ला अध्यक्षमा घटुवा भएका उम्मेदवार हुन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको उपाध्यक्षमा समेत प्रतिष्पर्धा गरेका पोखरेल चितवनका दावादोर्जे लामासंग पराजित भएका थिए। लामाले ६१५ मत प्राप्त गर्दा ईश्वरचन्द्र पोखरेलले २२१ मत मात्र प्राप्त गरेका थिए ।

पोखरेल गुटबाट सचिवका उम्मेदवार भएका कृष्ण बस्नेत पनि घटुवा भएका उम्मेदवार हुन् । अघिल्लो पटक उनी राजेन्द्र मानन्धरसंग जिल्ला उपाध्यक्षमा प्रतिष्पर्धी थिए । मानन्धर अहिले उपाध्यक्ष मै दोहोरिने मनस्थितिमा हुँदा उनी सचिवमा झरेका छन् । मानन्धरसंग उनको व्यक्तिगत इगो भएको जिल्लामा सर्वत्र छ । एउटा गुटबाट मेजर पदका दुवै उम्मेदवार घटुवा भएका हुँदा ‘अयोग्य लडाकु’ को दस्ता तयार भएको भन्दै एउटा समूह असन्तुष्ट बनेको छ ।

  • मिसन संवाददाता
  • -