अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक र लेखन्दासलाई एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेको छ।
नापी कार्यालयका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालय परिसरबाटै घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ।
उनीहरुले जग्गा हालसाबिक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ।
अख्तियारले चौलागाईंको साथबाट ४५ हजार र पोखरेलको साथबाट ५५ हजार रुपैयाँ बरामद गरेको छ।