विमानस्थलमा अधिकृत कुट्ने ३ प्रहरीले १२ सय, ११ सय र ८ सय रुपैयाँ पुरस्कार पाए

  • मिसन संवाददाता
  • शुक्रबार, माघ २६, २०८० 0९:१३
विमानस्थलमा अधिकृत कुट्ने ३ प्रहरीले १२ सय, ११ सय र ८ सय रुपैयाँ पुरस्कार पाए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरी नगदसहित पुरस्कृत भएका छन् । विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगदसहित पुरस्कृत गरेका हुन् ।

स्रोतका अनुसार विमानस्थलमा खटिएका चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले पुरस्कृत गरेका गरिएको हो । उनीहरुलाई पुरस्कृत गरिएको बारे प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाइएको स्रोतले बतायो ।

विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत शाखा अधिकृत छायालाल मोक्तानलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । सोही विवादका क्रममा उनीहरुबीच हातपात भएको थियो । सोही घटनामा गृह मन्त्रालयले बनाएको छानबिन समितिले असई तामाङ र जवान गुप्तालाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

  • मिसन संवाददाता
  • -